भरतपुर, २३ साउन ।
लायन्स क्लब अफ चितवन मालिकाको आयोजनामा सरसफाइ सँगसँगै वृक्षरोपण गरिएको छ । साउन महिनाको चौथो सोमवारको अवसर पारेर भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको आराध्यदेव भगवान् शंकरको मन्दिर श्री त्रिपुरेश्वर शिवालय मन्दिर वरिपरि सरसफाइ गर्दै वृक्षरोपण गरिएको हो ।
सरसफाई कार्यक्रममा कुचो, फोहोर जम्मा गर्ने डिब्बा र प्राथमिक उपचारका स्वास्थ्य सामग्री मन्दिर समितिलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष लायन बेदप्रसाद सापकोटाले बताए । वृक्षरोपण कार्यक्रम अन्तर्गत विभिन्न जातका फूलका १०० वटा बिरुवा रोपिएको क्लबका प्रथम उपाध्यक्ष लायन टीकाराम सापकोटाले बताए ।
कार्यक्रमलाई लायन डा. गंगा सापकोटा, लायन विनोद पन्तलगायत मन्दिर समिति र श्रद्धालु भक्तजनहरूले सहयोग गरेका थिए ।





