पुरस्कारको सूचीमा परेका पुस्तक नै पाठकको रोजाई

भरतपुर, २३ साउन । चितवनमा साहित्यिक किताबको बिक्रीवितरण र चर्चा अन्य जिल्लाको तुलनामा धेरै हुने गर्दछ । पुस्तक प्रकाशक, वितरक तथा लेखक स्वयंले पनि बेलाबेलामा यो कुरा भन्ने गरेका छन् । चितवनमा साहित्यिक किताबका पाठक धेरै भएका कारणले प्रकाशक र लेखकहरू आफ्नो किताब चितवनमा छिटो पठाउन र पुस्तकको विमोचन तथा परिचर्चा गर्न पनि रुचि राख्छन् […]
त्रिपुरेश्वर मन्दिरमा सरसफाइ तथा वृक्षरोपण

भरतपुर, २३ साउन । लायन्स क्लब अफ चितवन मालिकाको आयोजनामा सरसफाइ सँगसँगै वृक्षरोपण गरिएको छ । साउन महिनाको चौथो सोमवारको अवसर पारेर भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको आराध्यदेव भगवान् शंकरको मन्दिर श्री त्रिपुरेश्वर शिवालय मन्दिर वरिपरि सरसफाइ गर्दै वृक्षरोपण गरिएको हो । सरसफाई कार्यक्रममा कुचो, फोहोर जम्मा गर्ने डिब्बा र प्राथमिक उपचारका स्वास्थ्य […]
नेपाली टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

भरतपुर, २३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका पूर्व अलराउण्डर क्रिकेटर मनोज प्रभाकर नियुक्त भएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाल क्रिकेट संघ क्यानले त्यसको जानकारी दिएको हो । उनीसँग आगामी एक वर्षसम्मका लागि सम्झौता भएको क्यानले जनाएको छ । प्रभाकरले भारतका लागि सन् १९८४ देखि १९९६ सम्म ३९ […]
२०७९ साउन २३ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
मदन पुरस्कारको उत्कृष्ट ८ पुस्तक सार्वजनिक

काठमाडौं, २३ साउन । मदन पुरस्कार २०७८ को अन्तिम सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीमा प्राप्त २९९ पुस्तकहरूबाट मदन पुरस्कार- २०७८ श्रेष्ठ सूचीमा ८ पुस्तकहरू छानिएका छन् । डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘ग्रिष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, […]
पत्रकार जोशी एक्स्पर्ट शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

भरतपुर, २३ साउन । एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार- २०२२ बाट पत्रकार ईश्वरकुमार जाेशी सम्मानित भएका छन् । भरतपुरस्थित एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको १९ औँ वार्षिकोत्सवका अवसरमा पत्रकार जोशीलाई सम्मान गरिएको हो । एक्स्पर्टले यसपटक पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राख्दै पत्रकार जोशीलाई सम्मान गरेको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले बताए । पुरस्कारको राशी नगद २५ […]