पत्रकार जोशी एक्स्पर्ट शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

भरतपुर, २३ साउन ।
एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार- २०२२ बाट पत्रकार ईश्वरकुमार जाेशी सम्मानित भएका छन् ।

भरतपुरस्थित एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको १९ औँ वार्षिकोत्सवका अवसरमा पत्रकार जोशीलाई सम्मान गरिएको हो । एक्स्पर्टले यसपटक पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राख्दै पत्रकार जोशीलाई सम्मान गरेको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले बताए । पुरस्कारको राशी नगद २५ हजार एक सय एघार रुपैयाँ र सम्मानपत्र रहेको छ । जोशीलाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका अध्यक्ष घनानाथ अर्याल र भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्र र नगद सहित सम्मान गरेका हुन् ।

`प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कलम चलाउने जिल्लाका क्रियाशील पत्रकारमध्ये एकजनालाई सम्मान गर्ने नीति बनाएका छौँ´, निर्देशक अधिकारीले भने – `समाज परिवर्तनमा पत्रकारिता क्षेत्रको अहम् भूमिका छ, यसैको मूल्यांकन गर्दै हामीले एक्स्पर्ट शिक्षा पत्रकारिता पुरस्कारको थालनी गरेका हौँ ।´

सम्मानित जोशीले २०५० सालबाट पत्रकारिता थालेका हुन् । उनी अहिले नेपाल टेलिभिजन र बिबिसी नेपाली सेवामा चितवन संवाददाताका रूपमा कार्यरत छन् ।

वार्षिकोत्सवकै अवसर पारेर अहिले एक्स्पर्ट भवनमा रक्तदान कार्यक्रम चलिरहेको छ भने आज साँझ देवघाटस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रम राखिएको एक्स्पर्टका निर्देशक अधिकारीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट