गैंडाकोट, २२ साउन ।
लायन्स क्लब अफ चितवन वाङ्गमयले खाद्य सामग्री वितरण तथा खाना खुवाउने कार्यक्रम गरेको छ ।
गैंडाकोटमा रहेको अपांगजीवन विकास संस्थामा रहेका २५ भन्दा बढी फरक क्षमता भएकाहरुलाई एक महिना बराबरको खाद्य सामग्री प्रदान एवं खाना खुवाउने कार्यक्रम गरिएको हो । क्लबका सचिव लायन्स राजेन्द्र पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर यो कार्यक्रम गरेका हुन् ।
क्लबका कार्यवाहक अध्यक्ष लायन्स लीला राना मास्की मगरको सभापतित्वमा भएको कार्यक्रममा कलस्टर नम्बर ५ का चिफ एफजेएफ लायन रामजी पौडेल प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा रिजन चियर पर्सन ३५ का लायन युवराज सुवेदी, जोन चियर पर्सन ३५ का कृष्णकुमार शर्मा कंडेल, डिस्ट्रीक्ट प्रोग्राम चियर पर्सन हरि प्रिया रिजाल, क्लबका पूर्वअध्यक्ष रामहरि शर्मा सराह, क्लबका सल्लाहकार लायन डाक्टर गोपीनाथ खरेल, क्लबकै अर्का सल्लाहकार लायन कर्णेल धनबहादुर राना, पुष्प अधिकारी “अञ्जली”, भावना तिमिल्सिना, रोजिना लोहनी, सीता कंडेल, राधा कंडेल, तेज राना, शिव पौडेल, एकराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थितलाई अपांगजीवन आश्रमका अध्यक्ष बालकृष्ण सापकोटाले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमलाई लायन्स क्लब अफ चितवन वाङ्गमयका उपाध्यक्ष सुजन अधिकारीले सहजीकरण गरेका थिए ।





