नौ मतदानस्थल स्थानान्तरण
चितवन, २२ साउन (रासस) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ भने नौ वटालाई स्थानान्तरण गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका […]
हारको क्षतिपूर्ति मंसिर चारमा हुनेछ : एमाले सांसद महत

गैँडाकोट, २२ साउन । नेकपा (एमाले) का सांसद तिलक महतोले गैँडाकोट नगरपालिकामा मेयर र उपमेयर गुमाउनु परेको स्थानीय निर्वाचनको क्षतिपूर्ति मंसिर ४ गते हुने बताएका छन् । आइतबार गैँडाकोटमा अखिल नेपाल महिला संघ गैँडाकोट नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद महतले गोल खाइयो भन्दैमा खेलाडीले फुटबल खेल्न नछाड्ने बताए । सांसद महतले […]
राष्ट्रिय भूमि आयोग नवलपरासीपूर्वमा खरेल

भरतपुर, २२ साउन । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय बमोजिम राष्ट्रिय भूमि आयोग नवलपरासी (वर्दघाट- सुस्तापूर्व)को अध्यक्षमा तारापति खरेल नियुक्त भएका छन् ।
दुर्गमबाट संगीत क्षेत्रमा उदाएका पदम रोकाया

भरतपुर,२२ साउन। जुम्लाको सिंजास्थित कनका सुन्दरी गाउँपालिकामा जन्मिएका पदम रोकाय सांगितीक क्षेत्रको यात्रामा भने निकै राम्रो गर्दै गइरहेका छ्न । निरन्तर संघर्ष पछि राष्ट्रिय कलाकारका रुपमा स्थापित भइसकेका रोकायले नेपालका नाम चलेका पोख्त कलाकारहरुको आवाजमा पनि सब्द संगीत आफैंले दिने गरेका छन् । रोकायले आफनै सब्द संगीत भरेको गीत ‘कर्णलीमा घुम्न जानि हो तिर्खा लागे […]
विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउँर्दै एक्सपर्ट

चितवन, २२साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवन शाखाले विभिन्न कार्यक्रम गर्दै १९औं वार्षिकोत्सव मनाउने भएको छ । एक्सपर्ट एजुकेशनले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सोमबार १९औं वार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको जनाएको हो । पछिल्लो समय चितवनलगायत देशका विभिन्न ठाउँहरुमा रगत अभाव भइरहेका खबरहरु आइरहेका छन् । आफ्नो सेवासंगै समाजको सहयोगी भूमिका […]
गैंडाकोटकी गायिका कंडेलको ‘अभागि चेली’ सार्वजनिक

भरतपुर,२२ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित गैडाकोटकी गायिका रिता आचार्य कंडेलको ‘अभागि चेली’ गीत सार्वजनिक भएको छ ।उनले दिपिका म्युजिक युटुव च्यानल मार्फत शुक्रवार गीत सार्वजनिक गरेकी हुन् । सामाजिक सञ्चालमा मौलिक गीत गाएर चर्चामा आएकी कंडेलको पहिलो गीत हो । गीतमा छोरीलाई माइती पक्षले गर्ने व्यवहार र चेलीले माइती पक्षसंग राख्ने अपेक्षालाई […]
जन्मदिनमा खाद्य सामग्री वितरण

गैंडाकोट, २२ साउन । लायन्स क्लब अफ चितवन वाङ्गमयले खाद्य सामग्री वितरण तथा खाना खुवाउने कार्यक्रम गरेको छ । गैंडाकोटमा रहेको अपांगजीवन विकास संस्थामा रहेका २५ भन्दा बढी फरक क्षमता भएकाहरुलाई एक महिना बराबरको खाद्य सामग्री प्रदान एवं खाना खुवाउने कार्यक्रम गरिएको हो । क्लबका सचिव लायन्स राजेन्द्र पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर यो कार्यक्रम […]
राष्ट्रपतिबाट गिरीको स्वास्थ्यस्थितिबारे चासो

काठमाडौँ, २२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छिन् । राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन् । ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि […]
घट्यो सुनको मूल्य

काठमाडौँ, २२ साउन । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार तीनसय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]
पिपुल्स पावरले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्दै

काठमाडौँ, २२ साउन । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका २४ लाख ६७ हजार चारसय कित्ता अर्थात् दुई प्रतिशत कम्पनीका कर्मचारीलाई र […]
इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु

गाजा, २२ साउन । इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ। इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा […]
आगामी आमनिर्वाचनका लागि दल दर्ता सुरु

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दल […]
भारतका उपराष्ट्रपतिमा निर्वाचित भए जगदीप धनखर

भरतपुर, २२ साउन । पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका छन् । १६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए । पन्ध्र […]