भरतपुर,२२ साउन ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित गैडाकोटकी गायिका रिता आचार्य कंडेलको ‘अभागि चेली’ गीत सार्वजनिक भएको छ ।उनले दिपिका म्युजिक युटुव च्यानल मार्फत शुक्रवार गीत सार्वजनिक गरेकी हुन् । सामाजिक सञ्चालमा मौलिक गीत गाएर चर्चामा आएकी कंडेलको पहिलो गीत हो ।
गीतमा छोरीलाई माइती पक्षले गर्ने व्यवहार र चेलीले माइती पक्षसंग राख्ने अपेक्षालाई मौलिक भाकामा उतारिएको छ । गीतमा मौलिकता हराईरहेको समयमा यस्ता गीतले समाज परिर्वतनमा गर्न सहयोग पुग्ने अपेक्षा लिईएको छ । ‘अभागि चेली’ गीतमा शब्द र स्वर कंडेलको रहेको छ । यस गीतमा रुपी सिंजाली मगर र प्रेमा रानामगरले साहायक स्वर दिएका छन् ।
यस गीतमा सागर विरहीले संगीत भरेका छन् । ११ मिनेट २६ सेकेण्ड भिडियो रहेको गीतको छायाङ्कन दिपिका म्यूजिक कम्पनीले गरेको छ । भिडियोमा अभिनय अस्मिता रानामगर, रिता कंडेल सहित दिपिका म्यूजिक कम्पनीका कलाकारले अभिनय गरेका छन् ।





