दुर्गमबाट संगीत क्षेत्रमा उदाएका पदम रोकाया

भरतपुर,२२ साउन।

जुम्लाको  सिंजास्थित कनका सुन्दरी गाउँपालिकामा जन्मिएका पदम रोकाय सांगितीक क्षेत्रको यात्रामा भने निकै राम्रो गर्दै गइरहेका छ्न ।

निरन्तर संघर्ष पछि राष्ट्रिय कलाकारका रुपमा स्थापित भइसकेका रोकायले नेपालका नाम चलेका पोख्त कलाकारहरुको आवाजमा पनि सब्द संगीत आफैंले दिने गरेका छन् । रोकायले आफनै सब्द संगीत  भरेको  गीत ‘कर्णलीमा घुम्न जानि हो तिर्खा लागे रारा तालको पानि भोक लागे जुम्लाका राताराता स्याउखानि’ , र ‘जुम्ला कालिकोट’ बोलको गीत बजारमा आएपछि उनले चर्चा बटुलेका हुन् । रोकाय पछिल्लो समय भने नेपालकै टपर संगीतकारका रुपमा परिचित हुदै आइरहेका छ्न।

यो लगायत अन्य चर्चामा आएका कलाकारले गाएका गितहरु,माया गर्ने जीबन साथी,तिमि देखि टाढा,जिन्दगिमा तिमि थियौ,तिमिले घृणा गरेपनि,मेरि मायालु,बस मैना घरैमा,कणालिको द्रुदशा,निष्ठुुरि र परि,लगायत राष्ट्रिय कलाकारहरुले गाएका  करिब ८०० भन्दा बढी गितहरुमा संगीत शब्द सिर्जना भरेका रोकायले धेरै गितमा आफु मोडलिङ समेत गरेको बताउँछन्  । यतिमात्रै होइन   धेरै कलाकारलाई पछि पार्दै रोकायले नेपालकै पहिलो नेशनल पावर न्युज म्युजिक अवार्ड हात पारेका थिए । यस्तै नेपाल सरकार राष्ट्रिय पुरस्कार २०७५,म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४,रारा साहित्य प्रतिस्ठान सम्मान २०७६,कणालि सास्कृतिक सम्मान २०७६,पदम रोकाया एकल साझ २०६९,कनका सुन्दरि गाउँ पालिका बाट सम्मानित २०७६,र नेशनल म्युजिक अवार्ड २०७४, राष्ट्रिय संगीतकर्मि अवार्ड २०७५,बक्स म्युजिक भिडियो अवार्ड २०७४,लगायत एक दर्जन अवार्ड र धेरै ठाउँमा सम्मानित समेत भएका छ्न।

कर्णाल कलाकार नामक सस्थाका अध्यक्ष समेत रहेका रोकाय गित संगीतका विभिन्न संघ सस्थामा आवद्ध रहेको छन् । काठमाडौ लगायत देशका धेरै ठाउँमा संगीत सिकाउने र आफुलाई संगीत क्षेत्रका शिक्षकका रुपमा समेत चिनिने गरेको उनी बताउछन् । दुर्गम जिल्लामा जन्मिएको भएपनि  राजधानीमै बसेर धेरै युवाहरूलाईसंगीत क्षेत्रका एक उदयमान व्यक्तित्व बनाउने सपना रोकायको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट