पर्या कवितावाचनसहित अक्षर समूहले मनायो विश्व वातावरण दिवस

भरतपुर, २२ जेठ ।
‘समृद्ध भविष्यको आधार : जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने नारासहित अक्षर समूह चितवनले विश्व वातावरण दिवसको अवसरमा शुक्रबार नारायणगढस्थित होटल ह्याप्पी होम, कमलनगरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा विश्व वातावरण दिवसको सान्दर्भिकतामाथि विमर्श गर्नुका साथै पर्या कवितावाचन गरिएको थियो । कार्यक्रममा अक्षर समूह चितवनका संस्थापक अध्यक्ष भूपिन तथा पूर्वअध्यक्ष ईश्वर कँडेलले वातावरण संरक्षणको आवश्यकता र वर्तमान चुनौतीबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रमका सहजकर्ता तथा अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले विश्व वातावरण दिवसको इतिहास, उद्देश्य र यसको महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले स्वच्छ वातावरण, स्वस्थ जीवन र दिगो विकासका लागि प्रकृतिमैत्री जीवनशैली अपनाउनुपर्नेमा जोड दिनुभयो ।

कविहरू उदित प्रकाश सिग्देल, अस्मिता खनाल, समिता पौडेल न्यौपाने, राजेन्द्र घायल, सुमनराज श्रेष्ठ, अञ्जान प्रदीप, रेवतिरमण खनाल, लेखराम सापकोटा, विष्णुप्रसाद आचार्य, भूपिन, ईश्वर कँडेल तथा रमेश प्रभातले वातावरण संरक्षण र प्रकृतिप्रेमका विषयमा केन्द्रित कविता वाचन गर्नुभएको थियो ।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित मानव वातावरणसम्बन्धी सम्मेलनपछि घोषणा गरिएको हो । सन् १९७४ देखि औपचारिक रूपमा यो दिवस विश्वभर मनाउन थालिएको हो ।

विश्व वातावरण दिवसले प्राकृतिक स्रोतको संरक्षण, प्लास्टिक प्रदूषण न्यूनीकरण, वृक्षारोपण तथा हरित जीवनशैली प्रवर्द्धनमार्फत वातावरण संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको सन्देश प्रवाह गर्ने संस्थापक अध्यक्ष भूपिनले बताउनुभयो ।

नेपालमा पनि यस अवसरमा वृक्षारोपण, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम तथा विभिन्न गोष्ठीहरू आयोजना गरिँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट