मोबाइल नष्ट प्रकरणमा शिक्षामन्त्रीलाई खुला पत्र, छानबिनको माग

चितवन, २२ जेठ । परीक्षा अवधिमा जफत गरिएका मोबाइल फोन र स्मार्ट वाच नष्ट गरिएको घटनाप्रति पत्रकार अजित अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई खुला पत्र लेख्दै छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन् । अधिकारीले पत्रमार्फत सिरहामा एसईई, कक्षा ११ र १२ को परीक्षाका क्रममा जफत गरिएका करिब ४९६ मोबाइल फोन र ५ […]
प्लास्टिक फोहोरलाई कलामा रूपान्तरण गर्दै सिर्जना स्कुलले जित्यो उपाधि

भरतपुर, २२ जेठ । विश्व वातावरण दिवस २०२६ को अवसरमा भरतपुर महानगरपालिकाको आयोजनामा तथा बेटर चितवनको संयोजनमा सम्पन्न महानगरस्तरीय ‘जङ्क आर्ट’ प्रतियोगितामा सिर्जना इङ्लिस स्कुल प्रथम भएको छ । भरतपुर महानगरपालिका परिसरमा आयोजित प्रतियोगिता ‘फोहोरबाट सिर्जना : प्लास्टिक प्रदूषण अन्त्यको कला’ भन्ने नारासहित सञ्चालन गरिएको थियो । कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागी हुन […]
ग्रीनल्याण्ड स्कुलद्धारा डस्टबिन वितरण र नारायणी किनार सरसफाई

भरतपुर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलले वातावरण सफाईको काम गरेको छ । वातावरण दिवसको अवसरमा स्कुलले शुक्रबार बिहान नारायणी नदी किनार क्षेत्रमा सरसफाई र डस्टबिन वितरण गरेको हो । स्कुलले भरतपुरका बिभिन्न क्षेत्रमा चल्ने छोटो दुरीका बस तथा म्याजिकलाई डस्टबिन वितरण गरेको जानकारी दिएको छ । अवेक नेपाल र […]
विश्व वातावरण दिवस : शुभारम्भ एकेडेमीमा वृक्षरोपण

चितवन, २२ जेठ । विश्व वातावरण दिवस २०२६ को अवसरमा नवलपरासीको गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका विद्यार्थीहरूले चितवनको रत्ननगर–१० स्थित शुभारम्भ एकेडेमीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् । कलेजका BCA र BBA संकायका विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए । कार्यक्रम शुभारम्भ एकेडेमीका प्राचार्य पशुपति उपाध्यायको समन्वयमा सम्पन्न […]
विश्व वातावरण दिवसमा मैयादेवी कन्या कलेजद्वारा वृक्षरोपण र सरसफाइ

चितवन, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा मैयादेवी कन्या कलेजको आयोजना तथा ओम शान्ति टोल र शान्ति इन्द्रेणी टोलको सहकार्यमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । संविधानसभा सदस्य एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कलेजका प्राचार्य तेजप्रसाद पौडेल, प्राध्यापक संघका सभापति कृष्णप्रसाद न्यौपाने, सहायक क्याम्पस प्रमुख बलराम […]
पर्या कवितावाचनसहित अक्षर समूहले मनायो विश्व वातावरण दिवस

भरतपुर, २२ जेठ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने नारासहित अक्षर समूह चितवनले विश्व वातावरण दिवसको अवसरमा शुक्रबार नारायणगढस्थित होटल ह्याप्पी होम, कमलनगरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विश्व वातावरण दिवसको सान्दर्भिकतामाथि विमर्श गर्नुका साथै पर्या कवितावाचन गरिएको थियो । कार्यक्रममा अक्षर समूह चितवनका संस्थापक अध्यक्ष भूपिन तथा पूर्वअध्यक्ष […]
सीमा विवादबारे राजेश हमालको धारणा : ‘सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमण फरक विषय’

काठमाडौं, २२ जेठ । नेपाल–भारत सीमा विवादबारे बहस चर्किरहेका बेला अभिनेता राजेश हमालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिपछि उत्पन्न बहसका बीच हमालले सीमापार अतिक्रमण (Cross-Border Occupation) र राज्य–प्रायोजित भू–अतिक्रमण (State-Sponsored Territorial Encroachment) लाई एउटै रूपमा बुझ्न नहुने बताएका छन् । फेसबुकमा […]
डा. भोजराज अधिकारीले राजनीति छाडे, स्वास्थ्य र समाजसेवामै केन्द्रित हुने घोषणा

भरतपुर, २२ जेठ । चितवनका चिकित्सक तथा राजनीतिज्ञ डा. भोजराज अधिकारीले प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको आफ्नो राजनीतिक आबद्धता अन्त्य गरेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ छाडेपछि सोही क्षेत्रबाट उम्मेदवार बनेका डा. अधिकारीले सामाजिक सञ्जालमार्फत आफू सक्रिय राजनीतिबाट अलगिएको घोषणा गरेका हुन् । फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा उनले […]
बीवाईडी आयातबारे साइमेक्सको स्पष्टीकरण

काठमाडौं, २२ जेठ । नेपालका लागि बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले ठूलो संख्यामा सवारीसाधन आयात गरिएको विषयमा उठेका प्रश्नप्रति स्पष्टिकरण दिँदै सम्पूर्ण आयात प्रक्रिया प्रचलित कानुन, भन्सार नियमावली तथा नियामकीय व्यवस्थाअनुसार पारदर्शी रूपमा सम्पन्न भएको जनाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात गरिएको विषयमा […]
तीन दिन तातो लहरको जोखिम, १४ जिल्ला उच्च सतर्कतामा
काठमाडौं, २२ जेठ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै तराईका विभिन्न जिल्लाका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना […]