विश्व वातावरण दिवसमा मैयादेवी कन्या कलेजद्वारा वृक्षरोपण र सरसफाइ

चितवन, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा मैयादेवी कन्या कलेजको आयोजना तथा ओम शान्ति टोल र शान्ति इन्द्रेणी टोलको सहकार्यमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

संविधानसभा सदस्य एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कलेजका प्राचार्य तेजप्रसाद पौडेल, प्राध्यापक संघका सभापति कृष्णप्रसाद न्यौपाने, सहायक क्याम्पस प्रमुख बलराम पौडेल, नगेन्द्र तिमिल्सिना तथा टोलका प्रतिनिधिहरू रघुनाथ रेग्मी र शम्भु कँडेललगायत प्राध्यापक, कर्मचारी, विद्यार्थी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

कार्यक्रमका क्रममा क्याम्पस परिसरमा कपुरका बिरुवा रोपिनुका साथै क्याम्पस तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि घिमिरेले वातावरण संरक्षणका लागि हरियाली प्रवर्द्धन र सरसफाइलाई जीवनशैलीकै हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो ।

वातावरण दिवस केवल सन्देश दिने दिन मात्र नभई व्यवहारमा उतार्ने अवसर भएको उल्लेख गर्दै उहाँले नियमित सरसफाइमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट