काठमाडौं, २० साउन ।
सत्तारुढ गठबन्धनमा सहभागी पाँच दलबीच संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दल मिलेर चुनाव लड्ने निर्णय गरेको हो ।
बैठकमा जसपाबाट फुटेका डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई गठबन्धनमा सहभागी गराउने वा नगराउने भन्ने विषयमा पनि छलफल भएको छ । तर, ठोस निर्णय नभएको एक नेताले बताए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको थियो ।




