देवचुलीमा बाढीले क्षति भएको क्षेत्रको अवलोकन, तत्कालै मर्मत गरिने

देवचुली, २० साउन । देवचुलीमा बाढीबाट क्षति भएको क्षेत्रमा तत्कालै मर्मतको काम गरिने भएको छ । बाढीबाट क्षति भएको क्षेत्रमा प्राविधिकसहित देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले शुक्रबार अवलोकन गरेका छन् । अवलोकनसँगै नगरप्रमुखले क्षतिग्रस्त क्षेत्रमा तत्काल काम गर्न निर्देशन दिएका छन् । केही दिन अघिको वर्षाका कारण बौलाहा खोलामा आएको बाढीले देवचुली- ३, ५ […]

सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति गठन

काठमाडौं, २० साउन। आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि समिति गठन गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता सम्मिलित ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की […]

संघ र प्रदेश चुनावमा पनि तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, २० साउन । सत्तारुढ गठबन्धनमा सहभागी पाँच दलबीच संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दल मिलेर चुनाव लड्ने निर्णय गरेको हो । बैठकमा जसपाबाट फुटेका डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई गठबन्धनमा सहभागी गराउने वा नगराउने भन्ने विषयमा पनि छलफल भएको […]

बजेनन् आमा … (गीत)

बजेनन् आमा छन्छन् चुरा, सुनिन त्यो बोली पाइन कुरा गर्नलाई कत्ति, तिमीसँग दिल खोली उपहार मैले ल्याएको थिएँ फरीया किनेर भेटिन कतै तिमीलाई आमा, खै कसलाई दिने र ? मलिन पारी बाबाले मुहार पिँढीमा झुकेर तस्वीर हेर्दै बसेका थिए तिमीलाई कुरेर देखिन मैले कौसीमा फर्फर फरिया उडेको रित्तै थ्यो आमा बिस्तारा तिम्रो थिईनौ सुतेको बजेनन् […]

बालुवाटारमा गठबन्धन बैठक, चुनावी तालमेलको घोषणा हुँदै

काठमाडौं, २० साउन । पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच बैठक केहीबेर अघि सुरु भएको हो । बिहीबार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेपछि गठबन्धनका दलहरू छलफलमा जुटेका हुन् । आजको बैठकले आम निर्वाचनमा गठबन्धनमा आवद्ध दल मिलेर जाने घोषणा गर्ने स्रोतले बताएको छ […]