बजेनन् आमा छन्छन् चुरा, सुनिन त्यो बोली
पाइन कुरा गर्नलाई कत्ति, तिमीसँग दिल खोली
उपहार मैले ल्याएको थिएँ फरीया किनेर
भेटिन कतै तिमीलाई आमा, खै कसलाई दिने र ?
मलिन पारी बाबाले मुहार पिँढीमा झुकेर
तस्वीर हेर्दै बसेका थिए तिमीलाई कुरेर
देखिन मैले कौसीमा फर्फर फरिया उडेको
रित्तै थ्यो आमा बिस्तारा तिम्रो थिईनौ सुतेको
बजेनन् आमा……
घुमेर हेरेँ घर वरिपरी थ्यो आमा घँसिलो
फलेका थिए अनेक फल स्वादिलो रसिलो
सम्झेर मैले त्यो बाल्यकाल आफै पो टोलाएछु
झसङ्ग भई तर्सेछु `आ…मा…´ भनेर बोलाएछु॥
बजेनन् आमा……
(चितवन घर भएकी घिमिरे हाल अमेरिकामा हुनुहुन्छ ।)




