बालुवाटारमा गठबन्धन बैठक, चुनावी तालमेलको घोषणा हुँदै

काठमाडौं, २० साउन ।
पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच बैठक केहीबेर अघि सुरु भएको हो ।

बिहीबार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेपछि गठबन्धनका दलहरू छलफलमा जुटेका हुन् । आजको बैठकले आम निर्वाचनमा गठबन्धनमा आवद्ध दल मिलेर जाने घोषणा गर्ने स्रोतले बताएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते आइतबारका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो । त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो ।

तर, ३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने सुरुदेखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट