भरतपुर, १९ साउन ।
नेवा: पुच: नारायणगढले लाखे जात्रा मनाएको छ । साउन १७ गते नागपञ्चमीको दिन साँझ बालकुमारी चोक नारायणगढमा नेवा: पुच: नारायणगढले लाखेजात्रा निकालेको हो ।
उक्त जात्रालाई नेवा: पुच: नारायणगढका आजीवन सदस्य सहित १ हजार जनाभन्दा बढि सर्वसाधारणले अवलोकन गरेको आयोजकले बताएको छ ।
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।




