प्रतिनिधि र प्रदेशसभाको चुनाव मंसिर ४ मा गर्ने सरकारको निर्णय

भरतपुर,१९ साउन । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको चुनाव गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ मंसिरमा चुनाव गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा चुनाव गर्ने निर्णय गरेको हो । बुधबार बसेको गठबन्धनको बैठकले चुनावको मिति घोषणाका लागि सरकारलाई […]
भारतमा थप १९ हजार सङ्क्रमित थपिए

नयाँ दिल्ली, १९ साउन । भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो । भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा […]
नारायणगढमा मनाइयो लाखे जात्रा

भरतपुर, १९ साउन । नेवा: पुच: नारायणगढले लाखे जात्रा मनाएको छ । साउन १७ गते नागपञ्चमीको दिन साँझ बालकुमारी चोक नारायणगढमा नेवा: पुच: नारायणगढले लाखेजात्रा निकालेको हो । उक्त जात्रालाई नेवा: पुच: नारायणगढका आजीवन सदस्य सहित १ हजार जनाभन्दा बढि सर्वसाधारणले अवलोकन गरेको आयोजकले बताएको छ । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा […]
बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन

गलेश्वर, १९ साउन । म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी […]
करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

राजविराज, १९ साउन । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका […]
नारायणी र कोशीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भरतपुर, १९ साउन । बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार नारायणी र कोशी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन पुन: आग्रह गरेको छ । बिहीबार र शुक्रबार नारायणी र कोशी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेको जनाउँदै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । बुधवार […]
२०७९ साउन १९ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)