नारायणी र कोशीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भरतपुर, १९ साउन ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार नारायणी र कोशी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन पुन: आग्रह गरेको छ ।

बिहीबार र शुक्रबार नारायणी र कोशी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेको जनाउँदै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधवार कोशीमा पश्चिमतर्फ कटान हुँदा उदयपुर, सप्तरी, सुनसरीका झन्डै ३ हजार बिस्थापित भएका थिए भने नारायणीमा आएको बाढीका कारण गण्डक नहरका अधिकांस ढोका खोलिएको छ । नारायणीमा जल सतह बढ्दा चितवन र नवलपरासी क्षेत्रमा वासिन्दा जोखिममा पर्दछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट