मूल्य घटाउन सकिन्न : निगम

काठमाडौं, १८ साउन ।
नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन नगर्ने भएको छ ।

इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट लगातार दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले भने मूल्य समायोजन नगर्ने जनाएको हो । पछिल्लो पटक आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, मट्टितेल र हवाई इन्धनमा केही नाफा भए पनि डिजेल र एलपी ग्यासमा घाटा रहेको भन्दै निगमले मूल्य नघटाउने जनाएको हो ।

निगमले बुधबार विज्ञप्ति जारी गर्दै समग्रमा अझै पनि निगमलाई आगामी १५ दिनमा मासिक १ अर्ब २७ करोड घाटा हुने स्थिति देखिएको जनाएको छ । सोही घाटा देखाउँदै निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था रहेको दाबी गरेको छ ।

साउन १६ गते दोस्रो पटक भारतबाट घटेर आएको मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा २ रुपैंया ७८ पैसा नाफा र डिजेलमा ९ रुपैंया ३७ पैसा घाटा रहने निगमले उल्लेख गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट