नारायणगढ – मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

भरतपुर, १८ साउन ।
पहिरो पन्छाएर २३ घण्टापछि संचालनमा ल्याइएको नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । पुनः पहिरो खसेपछि चार घण्टापछि नै उक्त सडक पुनः अवरुद्ध बनेको छ ।
सोमबार राती ११ बजे देखि बन्द सडक मंगलबार १० बजेतिर संचालनमा आएको थियो ।

भरतपुर-२९ स्थित नारायणगढ – मुग्लिन सडकखण्डको केरावारी (मौरी खोल पुल नजिकै) बर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी बाटो पुनः दुबै तर्फ अवरोध भएको हो ।
हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो ।

रातिको पहिरोका कारण नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको मिनी ट्रकको पछाडीको चक्का सामान्य रुपमा पुरिएको छ ।
माथिबाट झरेको लेदोमा चक्का फस्न गई पुरिए पनि मानिसहरु बाहिर निस्किसकेकाले कुनै मानवीय क्षति भने छैन । अहिले बाटो खुलाउने पहल भैरहेको छ । यस सडकखण्डको दुबैतर्फ गाडीहरूको लामो लाइन छ ।

राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने यो नै मुख्यमार्ग हो

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट