पश्चिम चितवनमा २० औँ वर्षसम्म नभएका विकासको काम भए: मेयर दाहाल

भरतपुर,१७ साउन ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुने क्रममा अघि बढेको बताएकी छिन् । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२५ को प्रभात माध्यमिक विद्यालयमा सञ्चालन भएको एकिकृत स्वास्थ्य शिविरको उद्घाटन गर्दै मेयर दाहालले पश्चिम चितवनमा ठुला–ठुला स्वास्थ्य पूर्वाधारहरु निर्माण हुनु लाग्नु गर्वको विषय रहेको उल्लेख गरिन् ।

मेयर दाहालले पश्चिम चितवनवासी अबको केही समयपछि उपचारको लागि भरतपुर बजार जान पर्ने समस्या हटेर जाने उल्लेख गरिन् ।
‘शिवनगरमा ३०० शैयाको शिक्षक अस्पताल बन्दै छ,‘उनले भनिन्,‘ त्यस्कै छेउमा १०० शैयाको आर्युवेद अस्पताल पनि बन्दै छ । वडा स्तरीय स्वास्थ्य कार्यालयहरु त छदै छन् । पश्चिम चितवन स्वास्थ्यको हबको रुपमा परिचित हुँदैछ ।’ मेयर दाहालले पश्चिम चितवनमा २० औँ वर्षसम्म नभएका विकासको काम विगत ५ वर्षमा सम्पन्न भएको बताइन्। स्वास्थ्य सेवालाई शिविर लगायत विभिन्न काम गरेर जनताको आँगनसम्म पुराउने गरी महानगरपालिका अगाडि बढेको उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले कोही पनि भरतपुरवासी स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताए।
अधिकारीले भरतपुर महानगरको पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएको समेत बताए ।
कार्यक्रमा वरिष्ठ सर्जन डा। सुरेश कुमार प्रधान, महिला तथा स्त्रीरोग विशेषज्ञ डा. राम प्रसाद सापकोटा, डा. रजनिश मानन्धर, डा गोबिन्द पन्त लगाएत अन्य विभागीय चिकित्सकले स्वास्थ्य जाँच गर्ने छन् । शिविरमा ७ सय जनाले स्वास्थ्य सेवा लिने अपेक्षा गरिएको वडा अध्यक्ष छविलाल सापकोटाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट