नारायणगढ – मुग्लिङ सडकखण्डमा गाडी चल्न थाले

भरतपुर, १७ साउन । पहिरो झरेपछि अवरुद्ध बनेको नारायणगढ – मुग्लिङ सडकखण्डमा गाडी चल्न थालेका छन् । अविरल वर्षाका कारण लेदो सहितको पहिरो खसेपछि सोमबार रातिदेखि नै यस सडकखण्डमा यातायात आवागमन पूर्णरूपमा बन्द थियो । २३ घण्टापछि नारायणगढ–मुग्लिङ सडक खण्ड संचालनमा आएको छ । राति ९ः५० बजेको समयमा यस सडकखण्ड दुईतर्फी संचालनमा ल्याईएको हो । […]
महेन्द्र राजमार्ग अन्तर्गत देवचुली खण्डमा बिग्रिएको सडक मर्मत गरिने

देवचुली, १७ साउन । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत देवचुली नगर खण्डमा बिग्रिएको सडक मर्मत गरिने भएको छ । मंगलबार देवचुली नगरपालिका र बुटवल-नारायणगढ सडक निर्माण आयोजनाका प्रतिनिधिहरु बिच भएको छलफलमा यथाशीघ्र सडक मर्मत गरि आवागमन सहज गर्ने निर्णय भएको हो । देवचुली नगरपालिकाको तर्फबाट नगर प्रमुख हरिप्रसाद न्यौपाने, उप प्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद […]
रत्ननगरमा ४३ जनाद्धारा रक्तदान

रत्ननगर,१७ साउन । लियो क्लब अफ रत्ननगर बेल्सीको आयोजना एवं सफा ऊर्जा उत्पादन प्रालि, चियादानी, जय गणेश ट्रेडर्स, शान्ति गणेश युबा क्लब र ग्रामीण पोष्टको सहयोगमा रत्ननगर–१ स्थित चियादानी परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रकाश शाहको अध्यक्षता एवं रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चार महिलासहित ४३ […]
सडक निर्माणको काम अलपत्र पारेर ठेकेदार सम्पर्कबिहीन भएको भन्दै मेयर दाहालको गुनासो

भरतपुर,१७ साउन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकदारहरुको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताएकी छिन् । भरतपुर महानगरपालिका १८ मा रहेको मिलन युवा क्लबले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारकै कारण भरतपुरका सयौँ सडकहरु अधुरो र अलपत्र परेको उल्लेख गरिन् । मेयर दाहालले महानगरपालिकाले बारम्बार ताकेता गर्दा […]
उद्योग वाणिज्य संघ चितवनमा मार्केटिङ्ग सम्बन्धी सेमिनार सम्मन्न

भरतपुर १७ साउन । उद्योग वाणिज्य संघ चितवनको सभाकक्षमा एक दिवसीय सेमिनार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा मार्केटिङ्ग सम्बन्धी सेमिनार मंगलबार सम्पन्न भएको हो । वर्तमान परिप्रेक्ष्यमा बजारीकरणको अवस्था, यसको सम्भावना र प्रभावकारी बजारीकरणका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले सेमिनारको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण […]
पश्चिम चितवनमा २० औँ वर्षसम्म नभएका विकासको काम भए: मेयर दाहाल

भरतपुर,१७ साउन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुने क्रममा अघि बढेको बताएकी छिन् । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२५ को प्रभात माध्यमिक विद्यालयमा सञ्चालन भएको एकिकृत स्वास्थ्य शिविरको उद्घाटन गर्दै मेयर दाहालले पश्चिम चितवनमा ठुला–ठुला स्वास्थ्य पूर्वाधारहरु निर्माण हुनु लाग्नु गर्वको विषय रहेको उल्लेख गरिन् । मेयर दाहालले पश्चिम […]
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित पाँच हजार नाघे

काठमाडौँ, १७ साउन। पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ । आज पाँच हजार ४१५ नमूनाको परीक्षण गर्दा ८१४ सङ्क्रमित फेला परेका छन् । दुई हजार ७६२ नमूनाको आरटी पिसिआर परीक्षण गर्दा ५०९ […]
चितवनमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

भरतपुर, १७ साउन । चितवनमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । चितवनको कालिका नगरपालिका -८ बस्ने २१ वर्षीय संजोग मगरले खैरहनी नगरपालिका १ कि १६ वर्षीया नाबालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको चितवन प्रहरीले बताएको छ । गत शनिबार पिडीत नाबालिकाले दिएको जाहेरीका आधारमा आरोपितलाई सोही दिन नै खैरहनी -४ बाट […]
औद्योगिक क्षेत्रको भाडा वृद्धिको विषय समाधान हुन्छ : मन्त्री बडू

काठमाडौँ, १७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको भाडा वृद्धिसम्बन्धी विषयलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घको ज्ञापनपत्र बुझ्दै उनले समस्या समाधानका लागि आफूले सकारात्मक पहल गरिरहेकाले व्यवसायीलाई नआत्तिन आग्रह गरे । उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक क्षेत्रमा लगानीकर्ताले […]
गैँडाकोटमा अविरल वर्षापछि तालियो सडकमै पानी

गैँडाकोट, १७ साउन । सोमबार रातिदेखि परिरहेको अविरल वर्षाको कारण गैँडाकोट नगरपालिकाभित्रका विभिन्न वडामा सडकमा पानी तालिएको छ । सडकमै पानी तालिएपछि यात्रु र चालकले सास्ती पाएका छन् । अविरल वर्षाले गैँडाकोट प्रवेश बिन्दु पुलचोकदेखि जयश्री खोलासम्म पूर्वपश्चिम राजमार्गका केही भागसमेत जलमग्न भएका छन् । सडकमा जमेको पानीमाथि सवारी साधन कुदाइएका छन् । निकासबिनाको विकासले […]
नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत केराबारीमा सडक पूर्णरुपमा अवरुद्ध

भरतपुर, १७ साउन । अविरल वर्षापछि गएको पहिरोले भरतपुर महानगरपालिका–२९, केराबारीमा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकमा लेदोसहितको पहिरो झरेकोले दुईतर्फीरुपमा सडक आवागमन अवरुद्ध भएको छ । जिल्ला ट्राफिक कार्यालयले केराबारीस्थित नारायणगढ मुग्लिङ सडकखण्डमा अविरल वर्षाको कारण पहिरो झरेर बाटो पूर्णरुपमा अवरोध भएको जानकारी सवारी चालक र […]
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु कावासोती, १७ साउन । मध्यविन्दु नगरपालिका- १० अरुणखोलामा मंगलबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीले दिएको जानकारी अनुसार बिहान ११ बजेतिरको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००८ ख १७०१ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँ निवासी ६५ वर्षका मानबहादुर दमैलाई […]