रत्ननगरमा ४३ जनाद्धारा रक्तदान

रत्ननगर,१७ साउन ।

लियो क्लब अफ रत्ननगर बेल्सीको आयोजना एवं सफा ऊर्जा उत्पादन प्रालि, चियादानी, जय गणेश ट्रेडर्स, शान्ति गणेश युबा क्लब र ग्रामीण पोष्टको सहयोगमा रत्ननगर–१ स्थित चियादानी परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष प्रकाश शाहको अध्यक्षता एवं रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चार महिलासहित ४३ जनाले रक्तदान गरेका थिए ।

शान्ति गणेश युवा क्लबका सचिव अभिषेक खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा चियादानीका सञ्चालक नवराज अधिकारी, लियो क्लब जिल्ला परिषद् ३२५ आर नेपालका अध्यक्ष पुरुषोत्तम सुवेदी, क्षेत्रीय प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरका प्रतिनिधि विकास गुरूङ पिआरओ पुजन अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबका सचिव देवेन्द्र सिंखडाको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष शाहले लियो क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट