चितवनमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

 भरतपुर, १७ साउन ।

चितवनमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । चितवनको कालिका नगरपालिका -८ बस्ने २१ वर्षीय संजोग मगरले खैरहनी नगरपालिका १ कि १६ वर्षीया नाबालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको चितवन प्रहरीले बताएको छ ।

गत शनिबार पिडीत नाबालिकाले दिएको जाहेरीका आधारमा आरोपितलाई सोही दिन नै खैरहनी -४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

गत शुक्रबार राती मगरले चितवनको राप्ती -५ चौकीडाँडा स्थित चौतारामा ती नाबालिकालाई भेट्न बोलाई प्रेम र विवाहको प्रलोभन देखाई डर धाक धम्की दिइ जवरजस्तीकरणी गरेको जाहेरी परेको प्रवक्ता डिएसपी अधिकारीले बताए । पक्राउ परेका मगरमाथी जर्बजस्तीकरणी मुद्दामा अनुसन्धान भइराखेको प्रवक्ता अधिकारीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट