ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

कावासोती, १७ साउन ।
मध्यविन्दु नगरपालिका- १० अरुणखोलामा मंगलबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीले दिएको जानकारी अनुसार बिहान ११ बजेतिरको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००८ ख १७०१ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँ निवासी ६५ वर्षका मानबहादुर दमैलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोस्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट