नवलपुरमा भलिबल रेफ्री कोर्स

देवचुली, १३ साउन ।
नवलपुरमा भलिबलका रेफ्रीहरुलाई ३ दिनको कोर्स सम्पन्न भएको छ । नवलपुर भलिबल संघको आयोजनामा मंगलबारदेखि बिहीबारसम्म कावासोतीमा भलिबल कोर्स राखिएको हो । जिल्लामा आयोजना हुने भलिबल प्रतियोगिताका लागि नयाँ रेफ्रीहरुको उत्पादन तथा पुराना रेफ्रीहरुको क्षमता अभिवृद्धि साथै जिल्लामा भलिबल खेलको विकासका लागि तालिमको आयोजना गरिएको भलिबल संघका जिल्ला उपाध्यक्ष चन्द्रबहादुर थापाले बताए ।

तीन दिनसम्म संचालन भएको भलिबल कोर्सको सहजीकरण अन्तर्राष्ट्रिय भलिबल रेफ्री तथा नेपाल रेफ्री कमिसन संयोजक गौतमप्रसाद लासिव र अन्तर्राष्ट्रिय भलिबल रेफ्री विकास गुरुङले गरेका थिए । कोर्समा नवलपुर, नवलपरासी, कास्की र गुल्मीका २ महिलासहित ५१ जना सहभागी भएका थिए ।

नवलपुर भलिबल संघको अध्यक्ष सरोज महतोको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनको प्रमुख आतिथ्य रहेको थियो । समापन कार्यक्रममा भलिबल कोर्स पूरा गरेका रेफ्रीहरुलाई खेल संचालनका लागि ईजाजतपत्र प्रदान गरिएको थियो ।

रेफ्रीहरुको ईजाजतपत्र हरेक चार/चार वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको जिल्ला भलिबल संघले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट