नवलपुरमा भलिबल रेफ्री कोर्स

देवचुली, १३ साउन । नवलपुरमा भलिबलका रेफ्रीहरुलाई ३ दिनको कोर्स सम्पन्न भएको छ । नवलपुर भलिबल संघको आयोजनामा मंगलबारदेखि बिहीबारसम्म कावासोतीमा भलिबल कोर्स राखिएको हो । जिल्लामा आयोजना हुने भलिबल प्रतियोगिताका लागि नयाँ रेफ्रीहरुको उत्पादन तथा पुराना रेफ्रीहरुको क्षमता अभिवृद्धि साथै जिल्लामा भलिबल खेलको विकासका लागि तालिमको आयोजना गरिएको भलिबल संघका जिल्ला उपाध्यक्ष चन्द्रबहादुर थापाले […]

जिरोबाट हिरो बनेको नारायणी नमुना मावि

भरतपुर, १३ साउन तत्कालीन नारायणी रात्रि हाइस्कुल यतिबेला नारायणी नमुना माविका रूपमा देशभर चर्चित छ । २०७८ मा लिइएको कक्षा १० को राष्ट्रिय परीक्षा एसइईमा यहाँका एक विद्यार्थीले ४ जिपिए ल्याएपछि झनै यो विद्यालयको चर्चा बढेको छ । यहाँबाट एसइई दिएका प्रशान्त अधिकारीले यसपालि ४ जिपिए अंक हासिल गरे । यो विद्यालयबाट ४ जिपिए आएको […]

बढ्यो बाघको संख्या, पुग्यो तीन सय ५५

काठमाडौँ, १३ साउन । नेपालमा बाघको संख्या उल्लेख्यरुपमा बढेर तीन सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो । बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले […]

चलचित्र पानीफोटो आजबाट प्रर्दशन हुँदै

भरतपुर, १३ साउन । निर्देशक खगेन्द्र लामिछानेको चलचित्र `पानी फोटो´ आजबाट देशभर प्रर्दशनमा आउने भएको छ । कलाकार लामिछानेको डेव्यु निर्देशन रहेको यस चलचत्रचित्रमा मेनुका प्रधान, अनुप बराल, मलिका महत, प्रकाश घिमिरे, बुद्धि तामाङ्ग, माउसे गुरुङ्ग र कमलमणि नेपाललगायतको अभियन रहेको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको चलचित्र पानीफोटोमा निमेश श्रेष्ठको सम्पादन रहेको छ । […]