भरतपुर, १३ साउन ।
निर्देशक खगेन्द्र लामिछानेको चलचित्र `पानी फोटो´ आजबाट देशभर प्रर्दशनमा आउने भएको छ । कलाकार लामिछानेको डेव्यु निर्देशन रहेको यस चलचत्रचित्रमा मेनुका प्रधान, अनुप बराल, मलिका महत, प्रकाश घिमिरे, बुद्धि तामाङ्ग, माउसे गुरुङ्ग र कमलमणि नेपाललगायतको अभियन रहेको छ ।
दीपक बज्राचार्यको छायाङ्कन रहेको चलचित्र पानीफोटोमा निमेश श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको कथा लेखन निर्देशक खगेन्द्र लामिछानेले गरेका हुन् ।
असअघि नै थियटरमा नाटक प्रर्दशन भइसकेका पानीफोटोलाई निर्देशक लामिछानेको चलचित्र बनाउने सपना रहेको बताउँछन् ।
`पशुपति प्रसाद´जस्तो चर्चित चलचित्र बनाएका लामिछानेको पानीफोटोमा हराएको छोरा खोज्ने कथा रहेको बताइएको छ ।




