७१५ जनाकाे आँखा परीक्षण, ३६ जनालाई शल्यक्रियाका लागि पठाइयाे

राप्ती, १२ साउन ।
राप्ती नगरपालिका वडा नम्बर ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, भरतपुर अस्पताल र राप्ती नगरपालिका वडा नं ४ को संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन गरिएको हो ।

भरतपुर आँखा अस्पतालका दश जना स्वास्थकर्मीहरुले सेवाग्राहीको आँखा परिक्षण गरेका थिए ।

शिविरमा ७१५ जना सेवाग्राहीले आँखा जचाएका थिए । जसमा ५५३ जनालाई निशुल्क चस्मा उपलब्ध गराइएको छ । कियुन्स इन्टरनेशनल नेपाल डिस्ट्रिक (के६९) ले चस्मा निशुल्क उपलब्ध गराएको थियो ।

आँखा परिक्षण पश्चात् आँखामा खराबी देखिएका ३६ जनालाई अप्रेशनको लागि भरतपुर अस्पताल लगिएको राप्ती-४ का वडा अध्यक्ष केदार आचार्यले बताए । उनीहरुको अप्रेसन नि:शुल्क गरिने वडाध्यक्ष आचार्यले बताए ।

राप्तीमा आँखामा समस्या भएका व्यक्तिहरु धेरै भएको र उपचारलाई सहज होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको पनि उले बताए ।

लायन्स क्लब अफ चितवन नेशनल पार्क, लायन्स क्लब अफ चितवन इनोभेटिभको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट