भरतपुर महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर, १२ साउन । भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । चालु आर्थिक वर्ष ०७९/०८० का लागि सामुदायिक र संस्थागत विद्यालयमा १० जोड २ मा अध्ययन गर्ने विद्यार्थीको कुल […]

७१५ जनाकाे आँखा परीक्षण, ३६ जनालाई शल्यक्रियाका लागि पठाइयाे

राप्ती, १२ साउन । राप्ती नगरपालिका वडा नम्बर ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, भरतपुर अस्पताल र राप्ती नगरपालिका वडा नं ४ को संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन गरिएको हो । भरतपुर आँखा अस्पतालका दश जना स्वास्थकर्मीहरुले सेवाग्राहीको आँखा परिक्षण गरेका थिए । शिविरमा ७१५ जना सेवाग्राहीले […]

११ वर्ष जेल बसी रिहा, निस्केलगत्तै फेरि अपराध

भरतपुर, १२ साउन । अपराधिक घटनामा विभिन्न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका चितवनका र्‍याक्स भनिने साेचेन्द्र राईलाई प्रहरीले अदालत पेश गरेकाे छ । पछिल्लाेपटक पूर्वीचितवनको खैरहनीमा भएकाे एक सांघातिक हमलाका मुख्य अभियुक्त उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टाेलीले बुधबार काठमाडौं पक्राउ गरेकाे थियाे । गत वैशाख २४ गते खैरहनी-६, सुनगाभा टोलका ३५ वर्षीय […]

सुरेन्द्र पाण्डे आफ्नै क्षेत्रबाट चुनावमा उठ्ने तयारीमा

राप्ती, १२ साउन। नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले संघीय चुनावमा चितवन क्षेत्र नम्बर १ बाटै चुनावमा आफ्नो दाबी रहने बताएका छन् । बिहीबार राप्ती पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । संघीय चुनावमा तपाईको उम्मेदवारी रहन्छ कि रहँदैन भन्ने प्रश्नमा उनले भने “म यहाँको प्रतिनिधि हुँ, म […]

देवचुलीको विकासका लागि नगरप्रमुख र सांसद चौधरीबीच छलफल

देवचुली, १२ साउन । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र संघीय सांसद तथा उद्योगपति विनोद चौधरीबीच देवचुलीका विकासका सन्दर्भमा छलफल भएको छ । देवचुलीमा रहेको चौधरी उद्योगग्राममा नगरपालिका र उद्योगबीच समन्वयका विविध विषयमा छलफल गरिएको हो । नगरप्रमुख न्यौपानेले संघीय सांसद तथा उद्योगपति चौधरीलाई देवचुलीको विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए । समृद्ध देवचुली […]

चलचित्र ‘लाखे’ को प्रिमियर शो हुने

भरतपुर, १२ साउन । सस्पेन्स र थ्रीलले भरिएको बहुप्रतिक्षित मल्टीस्टारर चलचित्र ‘लाखे’ को प्रिमियर शो चितवनमा हुने भएको छ । भदौ ३१ गते देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुने बहुप्रतिक्षित मल्टीस्टारर चलचित्र ‘लाखे’ लाई लक्की मिडिया हाउस चितवनको आयोजनामा भदौ २९ गते चर्चित कलाकारहरुको उपस्थितिमा प्रिमियर शो गरिने भएको हो । नेपाली सिने क्षेत्रका हरेक गतिबिधिलाई […]

भरतपुरमा शारदा रेडिमिक्स कंक्रिट सञ्चालनमा

भरतपुर, १२ साउन । चितवन भरतपुरमा शारदा रेडिमिक्स कंक्रिट प्रालिको शुभारम्भ गरिएको छ । छिटो र सरितोरुपमा विकास निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ भरतपुरमा शारदा रेडिमिक्स कंक्रिट प्रालि सञ्चालनमा आएको हो । भौतिक पूर्वाधार निर्माणको बढ्दो क्रमलाई मध्यनजर गर्दै भरतपुर महानगरमा ठूलो परिमाणको कंक्रिट उत्पादन क्षमता सहितको शारदा रेडिमिक्स कंक्रिट १८ कठ्ठा जग्गामा फैलिएको छ […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

भरतपुर, १२ साउन । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीका अनुसार सहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण […]

विश्वकपमा होटल मजदुरको सुरक्षा गर्न कतारलाई आग्रह

दोहा, १२ साउन । बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ । नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (चार हप्ता)को खेल प्रतियोगिताको क्रममा कतारले एक लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ । यसमा कुनै प्रकारको सेवा […]

सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

दमौली, १२ साउन । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण […]

बुढ्यौलीमा एसइई उत्तीर्ण

म्याग्दी, १२ साउन । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ । विसं २०७८ को एसइईउत्तीर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौढहरूले इच्छाशक्ति भएमा शिक्षा हासिल गर्न उमेर बाधक नहुने सन्देश दिनुभएको हो । बैसठ्ठी वर्षीया रेणुदवी मल्लले १.८६, ५१ वर्षीया […]

बढ्यो सुनको मूल्य

काठमाडौँ, १२ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ८०० ले बढेर रु ९४ हजार ८०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ […]