देवचुलीको विकासका लागि नगरप्रमुख र सांसद चौधरीबीच छलफल

देवचुली, १२ साउन ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र संघीय सांसद तथा उद्योगपति विनोद चौधरीबीच देवचुलीका विकासका सन्दर्भमा छलफल भएको छ । देवचुलीमा रहेको चौधरी उद्योगग्राममा नगरपालिका र उद्योगबीच समन्वयका विविध विषयमा छलफल गरिएको हो ।

नगरप्रमुख न्यौपानेले संघीय सांसद तथा उद्योगपति चौधरीलाई देवचुलीको विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए । समृद्ध देवचुली बनाउनका लागि विविध विषयमा छलफल गरिएको नगर प्रवक्ता तिलप्रसाद काफ्लेले बताए ।

छलफलमा देवचुलीको विकासमा सदैव सहयोग गर्ने संघीय सांसद तथा उद्योगपति चौधरीले प्रतिबद्धता व्यक्त गरे । उद्योगबाट नगरलाई आवश्यक सेवा सुविधाका लागि आफूहरु तयार रहेको चौधरीले बताए ।

छलफलमा देवचुली नगरपालिकाबाट नगर प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली वडा नम्बर १ का अध्यक्ष कृष्णबहादुर केसी, देवचुली वडा नम्बर २ का अध्यक्ष शरद घिमिरे, देवचुली वडा नम्बर ३ का अध्यक्ष होमनाथ पौडेल, देवचुली वडा नम्बर ४ का अध्यक्ष गिरबहादुर थापा र चौधरी उद्योग ग्राम दुम्कौलीका प्रशासकीय प्रमुख रामकाजी सिटौला रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट