सुरेन्द्र पाण्डे आफ्नै क्षेत्रबाट चुनावमा उठ्ने तयारीमा

राप्ती, १२ साउन। नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले संघीय चुनावमा चितवन क्षेत्र नम्बर १ बाटै चुनावमा आफ्नो दाबी रहने बताएका छन् । बिहीबार राप्ती पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । संघीय चुनावमा तपाईको उम्मेदवारी रहन्छ कि रहँदैन भन्ने प्रश्नमा उनले भने “म यहाँको प्रतिनिधि हुँ, म पार्टीको उपाध्यक्ष हुँ । स्वभाविक छ नि ।”

चर्चा अरु नामको पनि छ त भन्ने अर्को प्रश्नमा उनले भने “नाम त धेरै आइहाल्छ नि, नाम आउनु ठूलो कुरा हैन ।” लोकतान्त्रिक पद्धतिमा आफ्नो इच्छा जाहेर गर्न पाउने उनले बताए । यस अघिको चुनावमा पनि अरु नाम चर्चामा आएको उनले बताए ।

उनले चुनावमा सबैभन्दा कम उठ्ने मान्छे आफू भएको पनि बताएका छन् । “सबैभन्दा कम चुनावमा उठेको मान्छे म ।” उनले भने “म पहिलो चोटी ७० सालमा उठेँ, दोस्रो चोटी ७४ सालमा उठेँ । टाँडी भेगमा त ७४ सालमा पहिलो चोटी मात्र हो चुनाव लडेको । अब हुँदा दोस्रोपटक हुन्छ ।”

आफ्ना समकालिन नेताहरु सातौँपटक चुनाव लडिसकेको तर आफूविरुद्ध पटकपटक चुनाव लड्न खोजिएको भनेर गलत प्रचार भएको उनले दाबी गरेका छन् । आफूले चुनाव जितिसकेपछि ८ वर्षमा पूर्वी चितवनमा धेरै विकास निर्माणका कामहरु भएको उनले बताएका छन् ।

भूकम्प र कोभिड बाधा बनेपनि पूर्वी चितवनमा विकास निर्माणमा उल्लेखनीय काम भएको उनले बताए । आफू निर्वाचित भएपछि मुख्य बाटोघाटो पिच तथा हरेक ठाउँमा शिक्षा तथा खानेपानीको पहुँच पुर्‍याएको पनि उनले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट