भरतपुर, ११ साउन ।
पूर्वी चितवनको खैरहनीमा भएको एक हमलामा संलग्नताको आरोपमा प्रहरीले खोजिरहेको एकजना पक्राउ परेका छन् ।
वैशाखमा भएको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भएको एउटा सांघातिक आक्रमणमा संलग्नताको आरोप लागेका खैरहनीका ३२ वर्षीय सुचेन्द्र राईलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
‘र्याक्स’ भनिने सुचेन्द्रलाई काठमाडौँस्थित बालाजु प्रहरीले बालाजुबाट साँझ ५ बजे पक्राउ गरेको हो । पक्राउ परेका राईलाई आजै राति चितवन ल्याउन लागिएको प्रहरी स्रोतले बताएको छ ।
खैरहनीका कुमार थापामाथि चुनावको मुखमा आक्रमण भएको थियो ।




