चितवनकाे सांघातिक आक्रमणका आराेपी काठमाडौंबाट पक्राउ
भरतपुर, ११ साउन । पूर्वी चितवनको खैरहनीमा भएको एक हमलामा संलग्नताको आरोपमा प्रहरीले खोजिरहेको एकजना पक्राउ परेका छन् । वैशाखमा भएको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भएको एउटा सांघातिक आक्रमणमा संलग्नताको आरोप लागेका खैरहनीका ३२ वर्षीय सुचेन्द्र राईलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । ‘र्याक्स’ भनिने सुचेन्द्रलाई काठमाडौँस्थित बालाजु प्रहरीले बालाजुबाट साँझ […]
वाल्मीकिका सनिसले ल्याए एसइईमा ४ जीपीए, लगातार ४ वर्ष सर्वोत्कृष्ट अंक

भरतपुर, ११ साउन । भरतपुरको वाल्मीकि शिक्षा सदनका एक विद्यार्थीले कक्षा १० को परीक्षा एसइई परीक्षामा ४ जीपीए (ग्रेड प्वाइन्ट एभरेज) ल्याएका छन् । आज आएको एसइई नतिजाअनुसार भरतपुर–४ को यो विद्यालयका सनिस सापकोटाले ४ जीपीए अंक हासिल गरेको विद्यालयका प्रिन्सिपल प्रदीप पौडेलले जानकारी दिए । सनिस भरतपुर–४ का हुन् । उनी पहिलेदेखि नै लगनशील […]
नारायणी माविका प्रशान्तले ल्याए ४ जीपीए

भरतपुर, ११ साउन । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको पहिचान बनाएको चितवनको भरतपुरस्थित नारायणी नमुना माविले उत्कृष्टतालाई निरन्तरता दिएको छ । आज प्रकाशित कक्षा १० को एसइई नतिजामा यहाँका एक विद्यार्थीले सर्वोच्च ग्रेड प्वाइन्ट एभरेज(जीपीए) ४ ल्याएका छन् । यस विद्यालयबाट परीक्षामा सहभागी गोरखा जिल्ला अजिरकोट गाउँपालिका वडा नम्बर ३ घर भएका प्रशान्त अधिकारीले ४ जीपीए […]
गणेशस्थानमा लायन्सको वृक्षरोपण

भरतपुर, ११ साउन । भरतपुर-११स्थित गणेशस्थान मन्दिर वरपर वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडीजको आयोजनामा वृक्षरोपण गरिएको हो । उक्त क्षेत्रमा धुपी, निम, हर्रो, कोइराला, कागती र अम्बाका गरि ९० वटा बिरुवा रोपिएको वृक्षरोपण कार्यक्रमकी संयोजक अनिता गैरेले बताइन् । कार्यक्रममा बोल्दै प्रमुखअतिथि लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ आरका गभर्नर […]
परीक्षा बोर्डले भन्यो- एसईई नतिजा सन्तोषजनक

काठमाडौं, ११ साउन । आज सार्वजनिक एसईईको नतिजा सन्तोषजनक रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सदस्यसचिव दुर्गाप्रसाद अर्यालले २०७५ सालको तुलनामा २०७८ को एसईई नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिए । नतिजा सार्वजनिक गर्न बोर्डको कार्यालय परिसर सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव अर्यालले गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो […]
एसईईको नतिजा सार्वजनिक

काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी […]
दाउन्नेमा बसमा आगलागी हुँदा ३३ जना घाइते ,६ को अवस्था गम्भीर

कावासोती, ११ साउन । पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगलागी हुँदा ३३ जना घाइते भएका छन् । बुधबार बिहान ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । आगलागीबाट बसमा सवार ३३ जना यात्रु घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले […]