वाल्मीकिका सनिसले ल्याए एसइईमा ४ जीपीए, लगातार ४ वर्ष सर्वोत्कृष्ट अंक

भरतपुर, ११ साउन ।
भरतपुरको वाल्मीकि शिक्षा सदनका एक विद्यार्थीले कक्षा १० को परीक्षा एसइई परीक्षामा ४ जीपीए (ग्रेड प्वाइन्ट एभरेज) ल्याएका छन् । आज आएको एसइई नतिजाअनुसार भरतपुर–४ को यो विद्यालयका सनिस सापकोटाले ४ जीपीए अंक हासिल गरेको विद्यालयका प्रिन्सिपल प्रदीप पौडेलले जानकारी दिए ।

सनिस भरतपुर–४ का हुन् । उनी पहिलेदेखि नै लगनशील र मेहनती विद्यार्थी रहेको पौडेलले बताए ।

योसँगै वाल्मीकि २०७५ देखि लगातार ४ वर्षसम्म ४ जीपीए हासिल गर्ने विद्यालय बनेको पौडेलले बताए । “पछिल्लो ४ वर्षको परीक्षामा हाम्रा विद्यार्थी ४ जीपीएसहित नेपाल सर्वोत्कृष्ट भएका छन्”, उनले भने– “यो इतिहास कायम गर्ने विद्यालय हामी मात्रै हौँ ।”

यो विद्यालयबाट २०७८ को एसइईमा सहभागी २०३ जना विद्यार्थीमध्ये ३६ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् भने ६१ जनालाई ए ल्याएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट