नारायणी माविका प्रशान्तले ल्याए ४ जीपीए

भरतपुर, ११ साउन ।
देशकै उत्कृष्ट सामुदायिक विद्यालयको पहिचान बनाएको चितवनको भरतपुरस्थित नारायणी नमुना माविले उत्कृष्टतालाई निरन्तरता दिएको छ । आज प्रकाशित कक्षा १० को एसइई नतिजामा यहाँका एक विद्यार्थीले सर्वोच्च ग्रेड प्वाइन्ट एभरेज(जीपीए) ४ ल्याएका छन् ।

यस विद्यालयबाट परीक्षामा सहभागी गोरखा जिल्ला अजिरकोट गाउँपालिका वडा नम्बर ३ घर भएका प्रशान्त अधिकारीले ४ जीपीए ल्याएको विद्यालयले जानकारी दिएको हो ।
विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले आफ्ना विद्यार्थीले ल्याएको ४ जीपीए नै सबैभन्दा बढी भएको भन्दै उनी नै नेपाल प्रथम भएको दाबी गरे ।
अधिकारी विद्यालयका मेहनती र अब्बल विद्यार्थी रहेको र उनी सधैँ उत्कृष्ट हुने गरेको प्रधानाध्यापक दवाडीले बताए ।

देशव्यापीरुपमा लोकप्रियता कमाएको यस विद्यालयबाट यसवर्ष एसइईमा ३८२ जना सहभागी थिए । जसमध्ये आजको नतिजामा ९३ जनाले ‘ए प्लस’, १०९ जनाले ‘ए’, ८४ जनाले ‘बी प्लस’, ५० जनाले ‘बी’, ४३ जनाले ‘सी’ प्लस र ३ जनाले ‘सी’ ल्याएका छन् ।
त्यो भन्दा कम जिपिए कुनैपनि विद्यार्थीले ल्याएका छैनन् । यस वर्ष विगतका बर्षहरुमा भन्दापनि राम्रो नतिजा आएको दाबी दवाडीले गरे ।
यो विद्यालय सामुदायिकतर्फ देशकै उत्कृष्टमध्ये पर्छ । यहाँ भर्ना हुन हजारौँ विद्यार्थीको लाम लाग्ने गर्छ ।

उनले भने,‘ शिक्षक, कर्मचारीको लगनशिलता, विद्यार्थीको मेहनत, अभिभावकहरुको सहयोगका कारण विद्यालयले उत्कृट नतिजा हाँसिल गर्न सफल भएको हो ।’ उनले नारायणी नमूना माविको नतिजा नेपालकै सामुदायिक विद्यालयमा उत्कृष्ट भएको बताए । यस वर्ष विद्यालयले कक्षा ४ देखि ९ सम्मको भर्ना आवेदन खोल्दा २२ सय विद्यार्थीले अध्ययनका लागि प्रवेश परीक्षा दिएको थिए । यो विद्यालयमा अध्ययनका लागि अन्य सामुदायिक विद्यालयसँगै बोडिङ स्कूलका विद्यार्थीपनि आकर्षित हुने गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट