परीक्षा बोर्डले भन्यो- एसईई नतिजा सन्तोषजनक

काठमाडौं, ११ साउन ।
आज सार्वजनिक एसईईको नतिजा सन्तोषजनक रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सदस्यसचिव दुर्गाप्रसाद अर्यालले २०७५ सालको तुलनामा २०७८ को एसईई नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।

नतिजा सार्वजनिक गर्न बोर्डको कार्यालय परिसर सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव अर्यालले गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका जानकारी बताए ।

कोभिडका बेला २०७६ र ०७७ मा भने आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट