दाउन्नेमा बसमा आगलागी हुँदा ३३ जना घाइते ,६ को अवस्था गम्भीर

कावासोती, ११ साउन ।
पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगलागी हुँदा ३३ जना घाइते भएका छन् । बुधबार बिहान ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

आगलागीबाट बसमा सवार ३३ जना यात्रु घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अहिले ८ जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज र बाँकीलाई मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट