गणेशस्थानमा लायन्सको वृक्षरोपण

भरतपुर, ११ साउन ।
भरतपुर-११स्थित गणेशस्थान मन्दिर वरपर वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडीजको आयोजनामा वृक्षरोपण गरिएको हो ।

उक्त क्षेत्रमा धुपी, निम, हर्रो, कोइराला, कागती र अम्बाका गरि ९० वटा बिरुवा रोपिएको वृक्षरोपण कार्यक्रमकी संयोजक अनिता गैरेले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुखअतिथि लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ आरका गभर्नर सिद्धार्थलाल चुकेले वृक्षरोपण जस्तो महत्त्वपूर्ण कार्यक्रमले वातावरणलाई दिगो राख्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ आरका क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम, क्लबकी अध्यक्ष शोभा बराली, बन्दना पिया, सीता पौड्याल, सुमि सिंहसहित क्लबका सदस्यहरूको सहभागिता थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट