भरतपुर, १० साउन ।
नेवा: पुच: नारायणगढले गठेमंगल जात्रा मनाएको छ । बालकुमारी कन्या माध्यमिक विद्यालय अगाडिको चोकमा मंगलबार बिहानदेखि घंटाकर्ण राक्षसको प्रतिमा बनाएर दिनभरी पूजाआजा गरेर साँझ ६ बजेतिर प्रतिमालाई बाजागाजासहित बजार परिक्रमा गरी नारायणी नदिमा विसर्जन गरिएको नेवा: पुच: नारायणगढले जनाएको छ ।
घण्टाकर्ण भन्नाले ठूलोठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घण्टाकर्णलयागत अन्य थुप्रै राक्षस र प्रेतहरूका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ । यसो गर्दा एक जना सम्पूर्ण रूपमा नीलो वस्त्र लगाएको पुरुषले घरघरमा दान-दक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरूलाई खोलामा लगेर बगाइन्छ या आगोमा बालेर जलाइन्छ । यसरी सेलाउँदा उक्त नीलो वस्त्र धारी पुरुष प्रतिमाहरूमाथि बस्ने चलन छ । यस अर्थमा गठेमंगल नराम्रो शक्तिमाथि मानवताको जीतका रूपमा
सकिन्छ ।




