नेवा: पुच: नारायणगढले गठेमंगल जात्रा मनायो

भरतपुर, १० साउन । नेवा: पुच: नारायणगढले गठेमंगल जात्रा मनाएको छ । बालकुमारी कन्या माध्यमिक विद्यालय अगाडिको चोकमा मंगलबार बिहानदेखि घंटाकर्ण राक्षसको प्रतिमा बनाएर दिनभरी पूजाआजा गरेर साँझ ६ बजेतिर प्रतिमालाई बाजागाजासहित बजार परिक्रमा गरी नारायणी नदिमा विसर्जन गरिएको नेवा: पुच: नारायणगढले जनाएको छ । घण्टाकर्ण भन्नाले ठूलोठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घण्टाकर्णलयागत […]

श्रम र कलमजीवीका पक्षमा काम गर्छु: अध्यक्ष लम्साल

भरतपुर,१० साउन । नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्सालले श्रमजीवी र कलमजीवीका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले नेपालमा पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै श्रमजीवी र कलमजीवीको पक्षमा लाग्ने बताए। पत्रकारको उन्नतिको बाटो पहिल्याउने गरी काम गर्ने जनाउँदै लम्सालले पत्रकारको […]

इन्जा ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार दीपा कर्ण र मेलम्ची रेडियोलाई

भरतपुर, १० साउन । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)ले यस वर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ । पचास/पचास हजार राशी सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने निर्णय इन्जा निर्णायक मण्डलले सोमबार गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जानकारी […]

मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह

काठमाडौँ, १० साउन । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका हुन्। रासस

जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु: नेता पौडेल

तनहुँ, १० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन् । व्यास नगरपालिका–१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे । “म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” नेता पौडेलले भने । व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार […]

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

भरतपुर, १० साउन । चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि […]

जग्गा विवादले इच्छाकामनामा अस्पताल भवन निर्माण अलपत्र

मुग्लिन, १० साउन । चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन सुरु गरेको थियो । तर अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ । तत्कालीन समयमा अस्पताल निर्माण सुरु गर्दा […]

भाइरल ज्वरोका बिरामी बढेपछि इलाममा विद्यालय बन्द

मङ्गलबारे, १० साउन । रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका […]

देशभर आंशिकदेखि सामान्य बदली हुने

  काठमाडौँ, १० साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका […]

बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए

नेपालगञ्ज, १० साउन । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको […]