भरतपुर, २६ असार ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको आयोजनामा भरतपुर महानगरपालिका- २९ दासढुङ्गामा रहेको होटेल अशोकामा डिष्ट्रिक्ट गभर्नर-प्रेसिडेन्ट मीट (प्रेसिडेन्ट स्कुलिङ प्रोग्राम) सम्पन्न भएको छ । डिष्ट्रिक्टमा आबद्ध रहेका क्लबहरुका अध्यक्षहरुको कार्यकुशलता अभिबृद्धि गर्ने उदेश्यले आयोजन गरिएको उक्त कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका इन्टरनेशनल डाईरेक्टर ईन्डोर्सी पूर्व डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि रहेका थिए ।
अध्यक्षहरुले आफ्नो कार्यकाल सफल बनाउन गर्नुपर्ने प्रशासनिक कार्य, वार्षिक कार्ययोजना, डिष्ट्रिक्ट गभर्नरका लक्षित कार्यक्रम तथा सफल अध्यक्ष र क्लब बनाउनका लागि गर्नुपर्ने सामाजिक र मानविय कार्यहरुलाई दिनुपर्ने स्तरीकरण र प्राथमिकताका बिषयहरुमा पूर्व डिष्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठ र पुर्व डिष्ट्रिक्ट गभर्नर डिके ढुंगानाले प्रशिक्षण दिएका थिए ।
सोही कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशीले बिगत ३० वर्ष यता नेपालको लायन्स यात्रा र लायन्स गतिविधिमा भए गरेका मुख्य कार्य र अनुभव बयान गरेका थिए । यस्तै डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम र डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सुरेशकुमार श्रेष्ठले पनि सचिव र कोषाध्यक्षसँग अध्यक्षले समन्वय गरी डिष्ट्रिक्टमा गर्नुपर्ने रिपोर्टिङ सम्बन्धीका कामका बारेमा प्रकाश पारेका थिए । डिष्ट्रिक्ट गभर्नर-प्रेसिडेन्ट मीट (प्रेसिडेन्ट स्कुलिङ प्रोग्राम) को अध्यक्षता लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर सिद्दार्थलाल चुकेले गरेका थिए ।
प्रेसिडेन्ट स्कुलिङ प्रोग्राम यही असार २५ बिहान १० बजेबाट शुरु भई आज २६ बिहान १० बजे समापन भएको थियो । कार्यक्रममा कुल ११८ क्लबका अध्यक्षहरु सहभागीता रहेको कुरा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पब्लिक रिलेसन अफिसर बाल गोपाल चुकेले जानकारी दिए ।





