चितवनका विपिनले सुरु गरे कमिसन रहित `घडेरी बजार डटकम´

भरतपुर, २६ असार । युवाहरु उद्यमी, संगठित र स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्धेश्यसहित केही वर्ष अघिदेखि सञ्चालनमा आएको भीग्रुपका परिकल्पनाकार विपिन कंडेलले घडेरी बजार डटकमको सुरूवात गरेका छन् । घर जग्गा कारोबारमा हुने कमिसन, विकृतिलाई निरूत्साहन गर्नुका साथै खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्क गराउने उद्वेश्यले घडेरी बजार डटकम सुरू गरिएको हो […]
सजिलो बचत तथा ऋण सहकारीको भवन शिलन्यास

भरतपुर,२६ असार । भरतपुरमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाको भवनको शिलन्यास गरिएको छ । आज एक कार्यक्रमका बीच भरतपुर –२३ मा भवनको शिलन्यास गरिएको हो । संस्थाका अध्यक्ष मिन बहादुर परीयार र प्रमुख अतिथि भरतपुर २३ का वडाअध्यक्ष दिपक दवाडीले ईट्टामा सिमेन्ट लगाई भवनको शिलन्यास गरेका हुन् । भरतपुर –५,मा रहेको प्रसाद एण्ड […]
कलामा नेपाली ‘क्यारिकेचर’

काठमाडौँ, २६ असार । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उनीहरूका चर्चा चुलिनु स्वभाविक थियो । सामान्य साइकलमा हिँड्ने राईको जीवनयात्राले धेरै नेपालीको मन जित्यो । अहिले […]
भरतपुरको पटिहानीमा एक अर्बको लगानीमा बन्यो रिसोर्ट, सोल्टीले व्यवस्थापन गर्ने

भरतपुर,२६ असार । भरतपुरको पटिहानीमा रु एक अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ । पटिहानी रिसोर्ट निर्माण गरेको रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालि र सोल्टी समूहको व्यवस्थापनबीच रिसोर्ट सञ्चालनका विषयमा आज सहमति भएको हो । सहमतिसँगै सोल्टी ‘वेस्ट इन्ड रिसोर्ट’ पटिहानीका नाममा आगामी भदौ १ गतेदेखि होटल […]
आबेको मृत्युपछि जापानको सत्तारूढ दलले बहुमत प्राप्त गर्ने प्रक्षेपण

टोकियोे, २६ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण राष्ट्रिय प्रसारक एनएचकेले आइतबार गरेको छ । पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा बिजय हुने […]
प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन् । उनले आजै […]
सबै धर्म मान्नेहरु समान हुन् : मेयर दाहाल

भरतपुर,२६ असार । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छिन् । ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् । विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बीहरुलाई शासन […]
हस्पिटालिटीमा अवसर खोज्नेका लागि रोयल इण्टरनेशनल

भरतपुर, २६ असार । नारायणगढस्थित रोयल इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेण्टले स्कटल्याण्डको एसक्यूएका साउथ एसिया रिजनल म्यानेजर मारगरेट चुरानसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । ४ वर्षयता हस्ष्टिालिटी क्षेत्रमा करियर बनाउन चाहेकालाई सीप सिकाउँदै आएको कलेजले एडभान्स डिप्लोमा र डिप्लोमा इन होटल म्यानेजमेण्टका कक्षाहरु चलाउँदै आएको छ । रिजनल म्यानेजर चुरानले रोयल इन्टरनेशनलका विद्यार्थीले राम्रा अवसर […]
लायन्सको प्रेसिडेन्ट स्कुलिङ प्रोग्राम सम्पन्न

भरतपुर, २६ असार । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको आयोजनामा भरतपुर महानगरपालिका- २९ दासढुङ्गामा रहेको होटेल अशोकामा डिष्ट्रिक्ट गभर्नर-प्रेसिडेन्ट मीट (प्रेसिडेन्ट स्कुलिङ प्रोग्राम) सम्पन्न भएको छ । डिष्ट्रिक्टमा आबद्ध रहेका क्लबहरुका अध्यक्षहरुको कार्यकुशलता अभिबृद्धि गर्ने उदेश्यले आयोजन गरिएको उक्त कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका इन्टरनेशनल डाईरेक्टर ईन्डोर्सी पूर्व डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि […]
२०७९ असार २६ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
चितवनमा बसले किच्दा सह–चालकको मृत्यु

चितवन, २६ असार । चितवनमा बसले किच्दा सह–चालकको मृत्यु भएको छ । आइतबार भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसार बस बिग्रिएपछि चालक र सह–चालक दुवैले बस मर्मत गरिरहेका थिए । त्यहीबेला […]
दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी

देउखुरी, २६ असार । दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु […]
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २६ असार । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम […]
भरतपुर अस्पतालः २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा…

भरतपुर, २६ असार । चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन् । पुरुष […]
लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु

डोटी, २६ असार । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ । तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस […]
मणिको `कुटी´मा मौलिकताको छाप

निबन्धकार मणि अर्यालको `कुटी´ (२०७७) निबन्धको मणि झैँ छ ।जसले पढ्यो उसभित्रको ज्योति खुल्छ । यसमा ११ वटा निबन्ध संग्रहित छन् । निबन्ध भनिए पनि यी पूर्णतया निजात्मकतामा केन्द्रीत नभइ कतै समीक्षात्मक निबन्ध, कतै काव्यात्मक निबन्ध, कतै बस्तुपरक वा वर्णनात्मक निबन्ध बन्न पुगेका छन् । जे होस् यसमा निबन्धकारको निजत्व वा मौलिकताको प्रष्ट छाप देखिन्छ […]
तुलसीको बिरुवा सारेर आज हरिशयनी एकादशी मनाइँदै
भरतपुर, २६ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल […]