चितवन, २६ असार ।
चितवनमा बसले किच्दा सह–चालकको मृत्यु भएको छ ।
आइतबार भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसार बस बिग्रिएपछि चालक र सह–चालक दुवैले बस मर्मत गरिरहेका थिए ।
त्यहीबेला बस चालकले बस स्टार्ट गरि अगाडि बढाउने क्रममा बस मुनि रहेका सह–चालक नेपाली किचिएका थिए ।
उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र भरतपुर–२७ का ४२ वर्षीय चालक कुमार गुरुङलाई नियन्त्रणमा लिएको छ ।





