भरतपुर,२६ असार ।
भरतपुरमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाको भवनको शिलन्यास गरिएको छ । आज एक कार्यक्रमका बीच भरतपुर –२३ मा भवनको शिलन्यास गरिएको हो । संस्थाका अध्यक्ष मिन बहादुर परीयार र प्रमुख अतिथि भरतपुर २३ का वडाअध्यक्ष दिपक दवाडीले ईट्टामा सिमेन्ट लगाई भवनको शिलन्यास गरेका हुन् ।
भरतपुर –५,मा रहेको प्रसाद एण्ड सन विल्डर प्रा.लिले २०७९ असोज मसान्त भित्र निर्माण सम्पन्न गरी कामको थालनी गरेको संस्थााका अध्यक्ष परियारले जानकारी दिए । कार्यक्रममा भरतपुर–२३ का वडा अध्यक्ष दिपक दवाडी , भरतपुर –२१ का वडा अध्यक्ष कृष्ण कुमार गुरुङ र भरतपुर– २४ वडा अध्यक्ष राम बहादुर गोदार लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

शिलान्यस कार्यक्रम संचालन संस्थाका सचिव लिलानाथ न्यौपानेले गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष देविलाल गौतमले गरेका थिए । उक्त कार्यक्रममा सबै वडाअध्यक्षहरूले संस्थाले गरेको कामको खुलेर प्रसम्सा गरेका थिए । साथै सहकारीले सबै सामुदाय लाई जोड्दै अगाडी बड्ने विश्वास समेत वक्ताहरुले उल्लेख गरेका थिए ।





