प्रेस युनियनको अध्यक्षमा आचार्यको उम्मेदवारी

भरतपुर, २५ असार ।
नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा चितवनका दीपक आचार्यले उम्मेद्वारी दिने भएका छन् । शनिबार भरतपुरमा युनियन चितवन शाखाले पत्रकार सम्मेलन गरी उनलाई केन्द्रीय अध्यक्षको उम्मेद्वारको रूपमा अघि सारेको जानकारी दिएको हो ।

भरतपुर–२ का स्थायी बासिन्दा आचार्य हाल युनियनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष छन् । युनियनको नवौँ महाधिवेशन आगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुँदैछ ।

उम्मेद्वारी घोषणा गर्दै आचार्यले मिडियाको उत्थान र श्रमजीवी पत्रकारको हकहित संरक्षणमा आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए । स्वरोजगारमूलक र नयाँ अवधारणाका मिडियाहरूलार्ई व्यवस्थित गर्दै लैजानुपर्ने बेला आएको भन्दै त्यसलाई शक्तिशाली बनाउन जरुरी रहेको बताए ।
पत्रकार आचार्य वि.सं २०५३ सालदेखि चितवनमा रही सक्रिय पत्रकारिता गर्दै आएका छन् ।

पत्रकारिताको माध्यमद्वारा समुदायको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएको र व्यवसायिक पत्रकारिताको विकासमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार महासंघ चितवनले वि.सं. २०५५/५६ मा आचार्यलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ले सम्मान गरेको थियो । यस्तै पत्रकारिताकै माध्यमद्वारा मोफसलमा रही आवाजबिहीनहरुको आवाजलार्ई मुखरित गर्न सफल भएको र नेपाली नागरिक तथा ग्रामीण क्षेत्रको उत्थानमा सहयोग पुर्‍याएको भन्दै नेपाल प्रेस युनियन चितवनले वि.सं २०६० सालमा ‘नेपाल प्रेस युनियन पत्रकारिता पुरस्कार तथा प्रशंसा पत्र–२०६०’ बाट सम्मान गरेको थियो ।
त्यस्तै सामाजिक र जातीय भेदभावविरुद्ध कलम चलाएको भन्दै नेपाल दलित संघ चितवनले २०७१ सालमा प्रशंसापत्रसहित सम्मान गरेको थियो ।

पत्रकार आचार्य चितवनबाट प्रकाशित भएको नयाँ सृष्टिको कार्यकारी सम्पादक, पिपलबोट साप्ताहिकको प्रधानसम्पादक हुँदै हाल प्रत्यक्षरूपमा युगवाणी डटकम न्युज पोर्टलमा कार्यरत छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट