वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु

काठमाडौँ, २५ असार । गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ जनाको मृत्यु, एक बेपत्ता र २७१ जना घाइते भएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको […]
रत्ननगर अस्पतालमा शिशु सघन उपचारकक्ष सञ्चालन

भरतपुर, २५ असार। पूर्वी चितवनका चारवटा पालिकाका जनतालाई सेवा दिँदै आएको बकुलहर रत्ननगर अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । अस्पतालले पहिलोपटक छ शय्याको शिशु सघन उपचारकक्ष (एनआइसीयू) र दूरविन प्रविधिबाट शल्यक्रिया सेवा सुुरु गरेको हो । नवजात शिशुको उपचारका लागि एनआइसीयू सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले बताए । प्रसूति सेवा […]
कोभिड–१९ सङ्क्रमण वृद्धिपछि इरानले प्रवेशमा पुनः कडाइ गर्दै

तेहरान, २५ असार । कोभिड सङ्क्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ । सङ्क्रमणमा हालै भएको वृद्धिलाई शनिबार उद्धृत गर्दै इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गर्दा मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन् । इरानी […]
भरतपुरको उत्पादनमा वृद्धि गर्ने नीति लिएका छौः मेयर दाहाल

भरतपुर,२५ असार । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरको उत्पादनमा वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताएकी छिन् । चितवन चनौली शीत भण्डार सहकारी संस्थाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले यस अघिको कार्यकालमा सडक पूर्वाधारलाई मुख्य प्रथामिकता दिइएको भएपनि अहिले उत्पादनलाई प्रथामिकता दिएको उल्लेख गरिन् । ‘उत्पादनमा पनि कृषि […]
प्रदर्शनकारीले श्रीलंकाकाे राष्ट्रपति भवन कब्जा गरे

कोलम्बो । दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए । ‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो । […]
विद्यार्थीलाई कुलतबाट टाढा राख्न पाठ्यसामग्री

रत्ननगर, २५ असार । जिल्ला प्रहरी कार्यालय चितवनले विद्यार्थीलाई कुलत र अपराधबाट जोगाउन शिक्षण संस्था आधारित पाठ्यसामग्री निर्माण गरेको छ । स्थानीय सरकार–समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त कार्यालयले पाठ्यसामग्री निर्माण गरी शिक्षण संस्थासम्म पुर्याउने अभियान सुरु गरेको छ । यसको पहिलो प्रयास स्वरुप रत्ननगर नगरपालिकासँग सहकार्य गरेको छ । शनिबार रत्ननगर टाँडीमा आयोजित कार्यक्रममा नगरपालिकाभरका शिक्षण […]
प्रेस युनियनको अध्यक्षमा आचार्यको उम्मेदवारी

भरतपुर, २५ असार । नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा चितवनका दीपक आचार्यले उम्मेद्वारी दिने भएका छन् । शनिबार भरतपुरमा युनियन चितवन शाखाले पत्रकार सम्मेलन गरी उनलाई केन्द्रीय अध्यक्षको उम्मेद्वारको रूपमा अघि सारेको जानकारी दिएको हो । भरतपुर–२ का स्थायी बासिन्दा आचार्य हाल युनियनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष छन् । युनियनको नवौँ महाधिवेशन आगामी साउन ६ र […]
लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली

भरतपुर, २५ असार । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली चयन भएका छन् । क्लबको हालै सम्पन्न अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सूर्यमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भरतप्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा सुदिप भट्ट, सचिवमा यमबहादुर गुरुङ र कोषाध्यक्षमा कमल घिमिरे चयन भएका छन् । यसैगरी क्लब मेम्बरसिप […]
‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा ढकाल

झापा, २५ असार । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनुभयो । उहाँले […]
लायन्स क्लब अफ नारायणी एमजेएफमा केशव लामिछाने

भरतपुर, २५ असार । लायन्स क्लब अफ नारायणी एमजेएफको नेतृत्व केशवप्रसाद लामिछानेले लिएका छन् । शुक्रबार सम्पन्न भेलाले लायन वर्ष २०२२/०२३ को लागि एमजेएफ केशवप्रसाद लामिछानेको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । त्यसैगरी सचिवमा एमजेएफ अविनाश श्रेष्ठ र कोषाध्यक्षमा एमजेएफ उषा शर्मा रौनियारलाई चयन गरेको हो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एमजेएफ […]