भरतपुर, २५ असार ।
लायन्स क्लब अफ नारायणी एमजेएफको नेतृत्व केशवप्रसाद लामिछानेले लिएका छन् । शुक्रबार सम्पन्न भेलाले लायन वर्ष २०२२/०२३ को लागि एमजेएफ केशवप्रसाद लामिछानेको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यसैगरी सचिवमा एमजेएफ अविनाश श्रेष्ठ र कोषाध्यक्षमा एमजेएफ उषा शर्मा रौनियारलाई चयन गरेको हो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एमजेएफ धर्मराज सापकोटा, निर्वतमान सचिव एमजेएफ जनक पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लायन वर्ष २०२२/०२३ निर्वाचित अध्यक्ष लामिछानेले आगामी कार्यदिशाको बारेमा प्रकाश पारेको थिए । प्रमुख अतिथि डिस्ट्रिक एक्जुकेटिभ को चिफ एमजेएफ नवीन कँडेल रहेको कार्यक्रमको अध्यक्षता लायन २०२१/०२२ का अध्यक्ष एमजेएफ किरणकुमार खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।





