भरतपुर, २४ असार ।
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।
जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ६७ वर्षीय आबेलाई आक्रमण गर्ने संदिग्ध आक्रमणकारी ४१ वर्षको पुरुष भएको रिपोर्ट गरिएको छ । आक्रमणकारीलाई प्रहरीले गीरफ्तार गरेको छ ।
आबेले शुक्रबार बिहान ११ः४० बजे देशको पश्चिमी भाग नरमाको चुनावी सभालाई सम्बोधन गर्दै थिए । पछाडिबाट गोली लागेपछि उनलाई हृदयघात भएको थियो ।
जापानको सरकारी सञ्चार संस्था एनएचकेका अनुसार आक्रमणकारी शिन्जो आबेसँग असन्तुष्ट थिए र मार्ने उद्देश्यले गोली चलाएका थिए ।
गोली लागेपछि शिन्जो आबेलाई हेलिकप्टरबाट नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको थियाे । एनएचकेका अनुसार शिन्जो आबेको घाँटीमा चोट लागेको छ र छातीबाट रगत बगेको थियाे । उपचारकाे क्रममा उनको निधन भएकाे हाे ।