`तुइनको बाटो´ भएर जब छवि चितवन आए ..

भरतपुर, २४ असार । मकवानपुरका कवि छवि अनित्य स्कुल पढाउँथे । त्यहीँ पढ्ने कतिपय विद्यार्थी तुइनकाे बाटाे भएर स्कुल आउँथे । कलम, कापी नदीमा खसाल्दै स्कुल आइपुग्ने विद्यार्थीकाे अवस्था देखेर उनलाई असाध्यै मन पाेल्थ्याे । त्यही पाेलाइलाई उनले कविताकाे रूप दिए । पछि अरू ५१ वटा कविता थपेर कवितासङ्ग्रह निकाले र सङ्ग्रह काे नाम पनि […]
नाबालिग बलात्कार मुद्दामा हदम्याद : १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने
काठमाडौँ, २४ असार । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिववर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि शुक्रबार समितिले बालिगको हकमा एक वर्ष बढाएर दुई वर्षको हदम्याद राख्ने निर्णय गरेको छ । प्रचलित कानुनअनुसार […]
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको मृत्यु

भरतपुर, २४ असार । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ६७ वर्षीय आबेलाई आक्रमण गर्ने संदिग्ध आक्रमणकारी ४१ वर्षको पुरुष भएको रिपोर्ट […]
राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

काठमाडौं, २४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम आज प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र […]
६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै

तुलसीपुर, २४ असार कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । […]
मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, २४ असार । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशको […]
२०७९ असार २४ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
२०७९ असार २३ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)