ह्वात्तै घट्यो सुनको भाउ, तोलाको ९६ हजारमा कारोबार

काठमाडौँ, २२ असार ।
निरन्तर उकालो लागेको सुनको भाउ बुधबार ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १ सय ७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय ५ रुपैयाँ कायम रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट